birat ribon

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध कुशलको कीर्तिमानी अर्धशतक

Neuro
त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध कुशलको कीर्तिमानी अर्धशतक


काठमाडौँ / काठमाडाैँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत अहिले नेपालले मलेसियासँग खेलिरहेकाे छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले कीर्तिमान अर्धशतक बनाएका छन् ।

मलेसियाले दिएको एक सय १० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा कुशलले अर्धशतक बनाएका हुन् । कुशलले २६ बलमा ५० रन पूरा गरे ।

cura insider

कुशलले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् । यसअघि उनले नेदरल्यान्डसविरुद्धको डेब्यू खेलमा पनि अर्धशतक पूरा गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध उनले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

jackson ribon