birat ribon

दिल्लीमा परीक्षण गरिएका तीनमध्ये एकमा सङ्क्रमण पुष्टि

Neuro
दिल्लीमा परीक्षण गरिएका तीनमध्ये एकमा सङ्क्रमण पुष्टि

विराटनगर / भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ ।

दिल्लीमा कोभिडको जाँच गराउँदा नतिजा पोजिटिभ आउने दर वा सङ्क्रमणको दर ३० प्रतिशतमा पुगेको छ । यसको मतलब कोरोना भाइरसको परीक्षण गर्ने प्रत्येक तेस्रो व्यक्ति वा तीनमध्ये एक व्यक्ति भाइरसबाट सङ्क्रमित भएको पाइएको छ । दिल्लीमा रातको समयमा कफ्र्यू र सप्ताहन्तमा लकडाउन गरिए पनि सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्नाले स्थिति चिन्ताजनक छ ।

cura insider

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले केन्द्र सरकारलाई सहयोगका लागि अपील गरेका छन् । आइतबार दिल्लीमा २५ हजारभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि गरिएको थियो भने एक सय ६१ जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ७५ हजार तीन सय छ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या एक करोड ५० लाख ५७ हजार सात सय ६७ पुगेको छ ।

एकै दिन एक हजार छ सय २५ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सङ्क्रमितमध्ये एक लाख ७८ हजार सात सय ९३ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा युके भेरिएन्ट (बि.१.१.७), दक्षिण अफ्रिकी भेरिएन्ट (बि.१.३५१), ब्राजिली भेरिएन्ट (पि.१) सहित इन्डिएन भेरिएन्ट वा डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७) पनि फैलिरहेको छ । जसकारण देशमा सङ्क्रमणको दर बढिरहेको बताइन्छ ।

jackson ribon