birat ribon

ब्राजिलमा कोभिड–१९ का कारण धेरै बालबालिकाको मृत्यु

Neuro
ब्राजिलमा कोभिड–१९ का कारण धेरै बालबालिकाको मृत्यु

विराटनगर / ब्रजिलमा धेरै सङ्ख्यामा शिशु तथा बालबालिकाको कोभिडका कारण मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाटै १३ सयभन्दा बढी शिशुको र नौ वर्षमुनिका दुई हजार ६० बच्चाको कोभिडले ज्यान गइसकेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२० को फेब्रअरीदेखि सन् २०२१ को १५ मार्चसम्म कोरोना भाइरसबाट सङ्क्रमण भएका कारण नौ वर्षसम्मका कम्तिमा आठ सय ५२ र एक वर्षसम्मका पाँच सय १८ बच्चाको निधन भइसकेको छ ।

cura insider

धेरै प्रमाणका अनुसार कोभिड–१९ ले कम सङ्ख्यामा भर्खरैका बालबालिकालाई सङ्क्रमण गराउने र दुर्लभ रूपमा मात्र उनीहरुको ज्यान लिन्छ । तर, ब्राजिलमा कोभिडको कम परीक्षण हुँदा बालबालिकामा सङ्क्रमण कम देखिएको हो भने परीक्षण गरिएमा उक्त सङ्ख्या दोबर हुनसक्छ ।

बालबालिका कोरोना भाइरसबाट सङ्क्रमित भएमा थकान, खान मन नलाग्ने, ज्वरो, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छ । कतिपय बच्चामा मल्टी–सिस्टम इन्फ्लमेटरी सिन्ड्रोम (एमआईएस) हुनसक्छ । यो भाइरसप्रति प्रतिरक्षा प्रणालीको चरम प्रतिक्रियाको अवस्था हो जसमा कारण शरीरका मुख्य अङ्गहरू सुन्निने हुन्छ ।

बालबालिका कोरोना भाइरसबाट सङ्क्रमित भएमा एमआईएसको अवस्था छ सातासम्म रहने विज्ञहरू बताउँछन् । महामारीका बेला पहिलेभन्दा बढी एमआईएसका बिरामीहरू देखिन थालेको युनिभर्सिटी अफ साओ पाउलोकी प्रमुख सङ्क्रामक रोगविज्ञ डा. फतिमा मारिन्हो बताउँछिन् ।

उक्त समस्या सबै मृत्युको कारण नभएको उनको भनाइ छ । तर, एमआईएसलाई रोक्न नसकिए पनि त्यसको सुरुमै उपचार सुरु भएमा मात्र सफलता पाइन्छ । पहिला मधुमेह, मुटुसम्बन्धी रोग र मोटोपनजस्ता रोग भएका बच्चामा मात्र सङ्क्रमण देखिए पनि हाल स्वस्थ बच्चाहरूको पनि कोभिडको कारण मृत्यु भइरहेको छ । ब्राजिलमा कोरोना भाइरसको सबैभन्दा धेरै सङ्क्रमण देखिनुले पनि बालबालिकामा समेत सङ्क्रमण बढेको हुनसक्ने विज्ञहरूले जनाएका छन् ।

jackson ribon