birat ribon

एन्टिजेन पोजेटिभ महिलालाई बोकेर विराटनगरका अस्पताल फनफनी, उपचार नपाउँदा मृत्यु

Neuro
एन्टिजेन पोजेटिभ महिलालाई बोकेर विराटनगरका अस्पताल फनफनी, उपचार नपाउँदा मृत्यु

विराटनगर / विराटनगरका ठूला अस्पतालले भर्ना नगर्दा एन्टिजेन पोजेटिभ देखिएकी एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान उदयपुर गाईघाटकी ३५ वर्षीया जैनव खातुनको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई सोमबार बिहानको राति विराटनगर ल्याएका थिए । राति करिब ३ बजे विराटनगरको गोल्डेन अस्पताल पुर्याए । अस्पतालले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि भर्ना गर्न मानेन् ।

cura insider

‘बिरामीको अवस्था गम्भीर थियो, गोल्डेनले भर्ना नगरेपछि विराट मेडिकल कलेज लग्यौँ,’ एम्बुलेन्स चालक राजा मियाँले भने, ‘विराटले पनि कोभिड बिरामीलाई भर्ना गर्न मानेन, त्यहाँबाट म्याक्स अस्पतालमा सम्पर्क गर्दा विरामी नल्याउनू भन्यो ।’

म्याक्सले नल्याउनू भनेपछि बिरामीलाई आफन्तले कोसी अस्पतालमा भर्ना गराए । कोसी आइपुग्दा करिब ४ बजेको थियो । आइसोलेसनमा राखेको केही समय उपचार नभएपछि आफन्तले नोबेल मेडिकल कलेज लिएर गए । एन्टिजेन पोजेटिभ केस भएको जानकारी पाएपछि नोबेलले पनि भर्ना गर्न मानेन ।

नोबेलले भर्ना नगरेपछि आफन्तले पुनः कोसी अस्पतालमा नै ल्याए । कोसीमा ल्याएको केही समयपछि बिहान करिब साढे ६ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

‘उहाँको एन्टिजेन पोजेटिभ हो, पिसिआर भएको थिएन,’ उनले भने, ‘अक्सिजनको लेभल पनि निकै कम थियो ।’ बिरामीको मृत्यु भएपछि आफन्तले शव घर लिएर गएका छन् ।

श्वासप्रश्वासमा समस्या भएकी महिलालाई उदयपुरबाट विराटनगरसम्म आइपुग्दा दुई सिलिन्डर अक्सिजन सकिएको थियो । तर विराटनगरका अस्पतालले भर्ना गर्न मानेनन् । कोसी अस्पतालमा पनि प्रभावकारी उपचार नहुँदा बिरामीको मृत्यु भएको आफन्तले गुनासाे गरे ।

jackson ribon