birat ribon

नेपालमा आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमितको सङ्ख्या बढ्दो

Neuro
नेपालमा आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमितको सङ्ख्या बढ्दो

विराटनगर / नेपालमा कोरोना भाइरस सङ्क्रमण भई अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्दो छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला दिनमा नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई अस्पताल पुगेकामध्ये आईसियूमा भर्ना हुने तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको देखिन्छ । ३० चैतदेखि ५ वैशाखसम्म दैनिक सयको हाराहारीमा सङ्क्रमितहरू आईसियूमा भर्ना भइरसकेका छन् भने २० देखि ४५ जना भेन्टिलेटरमा राखिनुपर्ने भएका छन् ।

cura insider

आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमितको सङ्ख्या बढ्नुको दुई कारण हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार पछिल्लो वायु प्रदूषणका कारण सङ्क्रमितहरूमा श्वासप्रश्वासलगायतका समस्या थपिएर अवस्था गम्भीर भएको हुन सक्छ ।

त्यस्तै, पछिल्लो समय नयाँ प्रकारको कडाखालको कोरोना भाइरस भएर पनि सङ्क्रमितलाई आइसियू वा भेन्टिलेटरमा राख्नुपर्ने भएको हुनसक्ने उनको भनाइ छ । नेपालमा पहिलेको तुलनामा थप सङ्क्रामक रहेको युके भेरिएन्ट र भारतको डबल म्युटेन्ट भेरिएन्ट पुष्टि भइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले आईसियू वा भेन्टिलेटर राख्नुपर्नेको बिरामीको सङ्ख्या हेर्दा भाइरस छिटो फैलिने र कडाखालको भएको हुनसक्ने बताएका छन् ।

jackson ribon