birat ribon

ग्लानि अनुभूतिसँगै दुई–चार घनघोर जिज्ञासा

Neuro
ग्लानि अनुभूतिसँगै दुई–चार घनघोर जिज्ञासा

नेपाली काङ्ग्रेसको भ्रातृ–सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)को आज परेको ५२औँ स्थापना दिवसका दिन बिहानैदेखि कन्टिर–बाबू गम्भीर छन् । यही गम्भीरतासाथ कन्टिर–बाबू सम्बद्ध सबै सरोकारवालालाई यो विशिष्ट अवसरको शुभकामना दिन्छन् ।

इतिहासमा कन्टिर–बाबू आफू पनि नेवि सङ्घको झन्डा बोकेर खुब कुदेका थिए । आफ्नो कार्मिक, भावनात्मक ऐतिहासिक साइनो गाँसिएको हुनाले नेवि सङ्घका हरेक गतिविधिप्रति उनलाई निरन्तर चासो हुनु अत्यन्त स्वाभाविक हो ।

cura insider

तर कन्टिर–बाबू पछिल्लो समयमा नेवि सङ्घको भूमिकाप्रति त्यति सन्तुष्ट छैनन्, जति हुनुपर्ने हो । कन्टिर–बाबूको सम्झनाअनुसार एक जमाना थियो, नेवि सङ्घ भन्नेबित्तिकै छाती गर्वले ढक्क फुल्थ्यो तर अहिले नेवि सङ्घको चर्चा हुँदा कता–कता ग्लानि अनुभूति हुनथाल्छ, स्वाभिमानी कार्यकर्तालाई कुन दुलोमा पसुँ जस्तो हुन्छ ।

एक जमाना थियो नेवि सङ्घ आन्दोलन र क्रान्तिको पर्याय शक्ति मानिन्थ्यो । तर अहिले यसको अवस्था जगजाहेर छ ( विष नभएको सर्पजस्तो, दाँत फुक्लेको बाघजस्तो ।

कन्टिर–बाबूको प्रश्न छ– आखिर यो सङ्गठनलाई कसले आजको यो विचित्रको अवस्थामा पु¥याए ? यसका लागि को–को जिम्मेवार हुन् ? यत्रो वर्ष भइसक्यो, न अधिवेशन हुन्छ, न नेतृत्व विकास, न शैक्षिक तथा जनजीविकाका सवालमा उल्लेख्य उपस्थिति ।

एक जमाना थियो नेवि सङ्घ आन्दोलन र क्रान्तिको पर्याय शक्ति मानिन्थ्यो । तर अहिले यसको अवस्था जगजाहेर छ ( विष नभएको सर्पजस्तो, दाँत फुक्लेको बाघजस्तो ।

अहिले त यो सङ्गठन नेताको भजनमण्डली बनेको धेरैको टिप्पणीप्रति कन्टिर–बाबू असहमत छैनन् । लोकतन्त्रको संरक्षण र संवर्धनका लागि विपक्षीसँग जुध्नु कता हो कता गुटमा विभक्त काङ्ग्रेसी नेताहरूको पृष्ठपोषण गर्दै, आफैँमा लडाइँ–झगडा गर्दै दिन बितिरहेका छन् । उमेर बितिरहेका छन् । लाजको पसारो ।

अधिवेशन र नेतृत्व हस्तान्तरण नभएको वर्षौँ भएको हेक्का नभएको नेवि सङ्घका नेताहरू अरूलाई भने लोकतन्त्रको पाठ पढाउन खोज्छन् । विधिको शासन र लोकतन्त्रको धमास दिनेहरूले पहिला आफैँले लोकतन्त्रको अर्थ र महत्त्व राम्ररी बुझ्नुपर्‍यो नि !

अर्को एउटा घनघोर जिज्ञासाको विषय के छ भने नेवि सङ्घका वर्तमान नेताले परिवर्तित सन्दर्भको विश्व विद्यार्थी आन्दोलन र आवश्यकता, अबको शैक्षिक मुद्दाबारे फरर बोल्न सक्छन् ? नेपाली विद्यार्थी आन्दोलनको पुरानो रटानले मात्र पुग्दैन भन्ने हेक्का कतिमा छ ? आफूलाई बिपी कोइरालाका सच्चा अनुयायी भन्ने कतिले अन्तर्राष्ट्रिय मञ्चमा वक्ता हुने हैसियत राख्छन् ?

प्रसङ्गवश कन्टिर–बाबू जननेता बिपी कोइरालाको एउटा कालजयी भनाइ सम्झिन्छन् । बिपी कोइरालाका अनुसार शैक्षिकस्थल बहुबाल प्रयोग गर्ने स्थल हैन, यो त सिद्धान्त र विचारको द्वन्दात्मक भूमि हो ।

तर के आजको नेवि सङ्घका नेताले बिपीको यस विचारलाई पछ्याउन सकेका छन् त ? कन्टिर–बाबू सम्बद्धहरूलाई गौरवशाली इतिहासको स्मरण गर्न आग्रह गर्दै नेवि सङ्घको स्थापना दिवसका अवसरमा पुनः एक पटक शुभकामना व्यक्त गर्छन् ।

jackson ribon