birat ribon

डाइबिटिज भएको सबै बिरामीलाई इन्सुलिन दिनुपर्छ भन्ने हुँदैन

Neuro
डाइबिटिज भएको सबै बिरामीलाई इन्सुलिन दिनुपर्छ भन्ने हुँदैन

विराटनगर / मधुमेह रोग लागिसकेका मानिसले आफ्नो जीवनशैलीलाई परिवर्तन गरी खानपान र व्यायाममा ध्यान दिनुका साथै औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

शरीरमा इन्सुलिन हर्मोनको कमीका कारण वा इन्सुलिन उत्पादन हुने कोष (बिटा सेल) नष्ट हुँदा रगतमा चिनीको मात्रा बढ्छ जसकारण मधुमेह हुने गर्छ । शरीरमा इन्सुलिनको मात्रा कम भएका कारण मधुमेह हुने हुँदा मधुमेहका बिरामीलाई इन्सुलिनको प्रयोग गर्नुपर्ने हुन्छ । तर, विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. अनिल यादव डाइबिटिज भएको सबै बिरामीलाई इन्सुलिन दिनुनपर्ने बताउँछन् ।

cura insider

उनका अनुसार रगतमा चिनीको मात्रा उच्च भएमा, गर्भावस्थामा, अस्पताल भर्ना भएका बिरामीमा, शल्यक्रिया गर्नुपर्ने अवस्थामा वा बिरामीमा रोगको गम्भीरताको आधारमा इन्सुलिनको प्रयोग गर्ने वा नगर्ने कुरा निर्भर हुन्छ । शरीरमा इन्सुलिन उत्पादन गर्ने बिटा सेल ९० प्रतिशतसम्म नष्ट भइसकेमा इन्सुलिनको प्रयोग गर्नुपर्ने हुन्छ । डाइबिटिजका बिरामीले एक पटक इन्सुलिन लिएपछि जीवनभर नै यसको प्रयोग गर्नुपर्छ भन्ने पनि हुँदैन ।

बाहिरबाट इन्सुलिन दिनाले बिटा सेलले केही रेस्ट पाउने र उक्त समयमा सेलको मर्मत गर्ने वा अर्को सेल बनाउनका लागि प्रयोग गर्न सक्छ । र, केही समयपछि इन्सुलिनलाई औषधिमा परिणत गर्न मिल्छ । तर, बिटा सेल नष्ट भइसकेको अवस्थामा इन्सुलिनको साटो औषधिको सेवन गरेमा बिटा सेललाई थप स्ट्रेस पर्ने हुन्छ । जसकारण बाँकी भएको बिटा सेल पनि नष्ट भई जीवनभर इन्सुलिन हाल्नुपर्ने स्थिति आउन सक्छ ।

इन्सुलिन प्रयोग गर्ने मानिसमा हाइपोग्लाइसेमिया (रगतमा चिनीको मात्रा एक्कासी घट्ने) हुने सम्भावना रहने हुँदा यसबाट बच्नका लागि बिरामीले आफ्नो इन्सुलिनको मात्रा, खानपानको समय र मात्रालाई सन्तुलनमा राख्न सिक्नुका साथै बेलाबेलामा डाक्टरसँग फलोअप टेस्ट गराइरहनु पर्ने हुन्छ ।

jackson ribon