birat ribon

बच्चामा सङ्क्रमण बढेपछि बालरोग विशेषज्ञको अभिभावकलाई सुझाव

Neuro
बच्चामा सङ्क्रमण बढेपछि बालरोग विशेषज्ञको अभिभावकलाई सुझाव

विराटनगर / नेपालमा पहिलो लहरको तुलनामा कम उमेरका मानिसहरूमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

नेपालमा हाल १० प्रतिशतभन्दा बढी बालबालिकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ जुन पहिलेको तुलनामा धेरै हो । युके भेरिएन्ट, डबल म्युटेन्ट भेरिएन्टसहितका नयाँ प्रकारका कोरोना भाइरसका कारण बालबालिका तथा कम उमेरमा मानिसमा सङ्क्रमण फैलिरहेको हो । ठूला व्यक्तिको तुलनामा बालबालिकाको कोरोना जाँच पनि कम हुने पाइन्छ ।

cura insider

जसकारण बच्चामा अहिले देखिएको सङ्क्रमणभन्दा बढी हुनसक्ने देखिन्छ । कतिपय बच्चामा सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिने हुनसक्छ । लक्षण नदेखिए पनि बालबालिकाले अन्यलाई सजिलै सङ्क्रमण सर्न सक्छन् । विश्वमा धेरै बच्चामा सङ्क्रमण भएको बेलामा भन्दा पनि सङ्क्रमण भएको चारदेखि छ सातामा बच्चामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम (एमआइएससी) देखिएको छ ।

एमआइएससी भएमा बच्चाहरूमा शरीरमा बिभिन्न अङ्ग सुन्निने हुन्छ । यसमा ज्वरो, झाडापखाला, पेट दुखाइ, सास फेर्न गाह्रो हुने, शरीरमा डाबर आउनेजस्ता लक्षण देखिन्छ । यसले बच्चाको अवस्था गम्भीर हुने वा बच्चाको मृत्युसमेत हुनसक्छ । सङ्क्रमणको दर बालबालिकामा बढ्न थालेपछि बाल रोग विशेषज्ञ चिकित्सकको सङ्गठन नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले अभिभावकलाई केही सुझाव दिएका छन् ।

सोसाइटीले अति आवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजाने, केही गरी जान परेमा मास्क, सामाजिक दूरी, ह्यान्ड सेनिटाइजरलगायतका स्वास्थ्यका मापदण्डहरू अपनाउन सुझाव दिएको हो । स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउने, सार्वजनिक वा अन्य साधनबाट यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने हुन्छ ।

साथै, नेपाल सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप, साथै अन्य नियमित खोप लगाउने गर्नुपर्छ । तर, हाल १८ वर्षमुनिका बालबालिकालाई कोभिडविरुद्धको कुनै खोप सिफारिस गरिएको छैन । बालबच्चामा कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीबाट सल्लाह लिनुपर्ने हुन्छ ।

jackson ribon