birat ribon

ट्रकले ओभरटेक गर्न खोज्दा बूढीगङ्गामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

Neuro
ट्रकले ओभरटेक गर्न खोज्दा बूढीगङ्गामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

विराटनगर । कोसी राजमार्गको मोरङ बूढीग्ङगा खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बूढीगङ्गा– ४ खण्डमा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको ट्रकले साेही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ओभरटेक गर्ने क्रममा ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका– १४ जतुवा का ४५ वर्षीय अन्जनी सिंहको मृत्यु भएको हो ।

cura insider

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । प्रहरीले ट्रक चालक बारा निजगढ २ का ३२ वर्षीय भीमबहादुर बिक र ट्रकलाई नियन्त्रणमा लिएर घटनाकाे अनुसन्धान सुरू गरेकाे छ ।

jackson ribon