birat ribon

तेह्रथुममा भीरबाट जिप खस्यो, चालकको मृत्यु

Neuro
तेह्रथुममा भीरबाट जिप खस्यो, चालकको मृत्यु

तेह्रथुम । तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तेह्रथुम– ७ लाप्छायाङ टोल स्थित सडक खण्डमा जिप अनियन्त्रीत भई भीरबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक तेह्रथुम मन्छायायेम गाउँपालिका–५ का ४६ वर्षीय कृष्ण खापुङको मृत्यु भएको छ ।

आइतबार राति साढे ९ बजे म्याङलुङदेखि मोराहाङ तर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई भीरबाट खसेको थियो ।

cura insider

दुर्घटनामा घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा आइतबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

jackson ribon