birat ribon

नाभाल्नीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अमेरिकाको चासो

Neuro
नाभाल्नीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अमेरिकाको चासो

विराटनगर / अमेरिकाले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयलाई लिएर गम्भीर चासो व्यक्त गरेको छ ।

‘नाभाल्नीको जेलमै निधन भएको अवस्थामा’ रुसले खतरनाक परिणामको सामना गर्नुपर्ने चेतावनी पनि अमेरिकाले दिइएको छ । यस्तै बेलायत, फ्रान्स, जर्मनी तथा युरोपियन युनियनले पनि नाभाल्नीको उपचारमा भइरहेको हेलचक्र्याईँलाई लिएर रुसको आलोचना गरेका छन् ।

cura insider

उपयुक्त स्वास्थ्य उपचारमा ध्यान नदिइएमा जेलमा रहेका रुसी विपक्षी नेता नाभाल्नीको ‘केही दिन भित्रै निधन’ हुन सक्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको शरीरको पछाडिको भाग (ढाड तथा कम्मर)को दुखाई बढेको तथा गोडाले केही थाहा नपाउने अवस्था आएकाले त्यसको तत्काल उपचार गरिनु पर्ने सुझाव चिकित्सकले दिएका छन् ।

तर उनको उपचारमा रुस सरकारले चासो दिएको छैन । उल्टै रुसले उनको स्वास्थ्य अवस्था गम्भीर नभएको दाबी गरिरहेको छ । बेलायतका लागि रुसी राजदूतले नाभाल्नी ‘अटेन्सन सिकर’ रहेको दाबी गर्दै उनलाई कुनै पनि हालतमा ‘जेलमा मर्ने अवस्था’ आउन नदिने बताएका छन् ।

चिकित्सकहरु भने पछिल्लोपटक गरिएको रगत परीक्षणको नतिजाले नाभाल्नीमा कुनै पनि बेला कार्डिक अरेस्ट वा किड्नी फेलियर हुन सक्ने देखिएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक ४४ वर्षीय नाभाल्नी गएको मार्च ३१ देखि भोकहड्तालमा छन् । उनलाई गएको फेब्रुअरीमा जेल सजाय भएको थियो ।

उनीमाथि गत अगस्टमा विष आक्रमण भएको थियो । उनी जर्मनीमा उपचार गराएर पाँच महिनापछि रुस फर्किएका थिए । उनलाई लगत्तै विमानस्थलबाट पक्राउ गरिएको हो । उनको हत्या प्रयास गरिएको आरोप रुसका सरकारी अधिकारीमाथि लाग्दै आएको छ । उनलाई अहिले मस्कोबाट झण्डै एक सय किलोमिटर पूर्वमा रहेको पोक्रोभको जेलमा राखिएको छ।

jackson ribon