birat ribon

२० कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस

Neuro
२० कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस

विराटनगर / रुसले २० जना कूटनीतिज्ञलाई देख निकाला गर्ने भएको छ । रुसले गरेको देश निकालाको घोषणामा परेका सबै जना चेक गणतन्त्रका हुन् ।

चेक गणतन्त्रले गत शनिबार रुसका १८ कूटनीतिज्ञलाई देश निकाला गरेपछि रुसले पनि चेक गणतन्त्रविरुद्धको कदम अघि बढाएको हो । सन् २०१४ मा सशस्त्र डिपोमा भएको बिस्फोटमा संलग्न भएको आरोपमा चेक गणतन्त्रले रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो । चेक गणतन्त्रका स्थानीय गुप्तचरले ती कूटनीतिज्ञहरु रुसी गुप्तचर गतिविधिका सञ्चालक रहेको दाबी गरेका छन् । तर रुसले भने सो दाबी आधारहीन रहेको भन्दै अस्वीकार गरिरहेको छ ।

cura insider

सोमबार हुने बैठकमा युरोपियन युनियका विदेश मन्त्रीहरुले बिस्फोटलाई लिएर गरिएको दाबीका सम्बन्धमा छलफल गर्ने छन् । रुसले चेक कूटनीतिज्ञलाई देश छोड्न एक दिनको समय दिएको छ । चेक गणतन्त्रले भने रुसी कूटनीतिज्ञलाई ७२ घण्टाको समय दिएको थियो । रुसी विदेश मन्त्रीले चेक गणतन्त्रको निर्णयलाई असामान्य र तनाव बढाउने खालको भनेका छन् । चेक गणतन्त्रले अस्वभाविक कदम चालेपछि आफूहरु पनि बाध्य हुनुु परेको उनको स्पष्टोक्ति छ ।

चेक गणतन्त्रको भ्रबेटिसस्थित जङ्गलमा रहेको सशस्त्र डिपोमा सन् २०१४ को अक्टोबर १६ मा बिस्फोट भएको थियो । बिस्फोटका कारण नजिकको बस्तीका घरका झ्याल फुटेका थिए भने स्थानीय विद्यालय खाली गरिएको थियो । सशस्त्र सामान राखिएको डिपोमा काम गर्ने ५६ र ६९ वर्षका व्यक्तिको शरीरको भाग एक महिना भन्दा लामो समयपछि भेटिएको थियो । चेक गणतन्त्रका डिटेक्टिभहरुले घटनामा रुसको हात रहेको हुन सक्ने बताएका थिए ।

चेक गणतन्त्रले घटनामा संलग्न रहेको अभियोग एलेक्जान्डर मिश्किन र एनातोली चेपिगोभमाथि लगाएको छ । उनीहरु सन् २०१८ रुसका पूर्व एजेन्ट सर्गेइ स्क्रीपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको विष आक्रमणमा पनि संलग्न रहेको आरोप छ ।

jackson ribon