birat ribon

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Neuro
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

विराटनगर / नेपालमा बालबालिकालाई आज (सोमबार) र भोलि (मङ्गलबार) भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

सरकारले सञ्चालन गरेको अभियानमार्फत दुई दिनसम्म छ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि पाँच वर्षसम्मकालाई जुकाको औषधि खुवाउन लागिएको हो । सरकारले अभियान सञ्चालनका लागि विशेष कार्यक्रम नै चलाएको छ ।

cura insider

यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरणसमेत गरिने छ। सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको जनाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सामाजिक दूरी कायम गरी प्रतिघण्टा १० जना बालबालिकामात्र उपस्थित हुने गरी खोप केन्द्रको व्यवस्थापन गर्न सबै खोप केन्द्रहरुलाई निर्देशन दिएको छ ।

यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरु र केन्द्रमा बालबालिकाहरु लिएर आउने अभिभावकले अनिवार्य मास्क लगाउनुपर्ने, भिटामिन ए वितरण केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको लक्षण देखिएका बालबालिका तथा अभिभावकहरुलाई खोप केन्द्रमा नआउन पनि स्वास्थ्य मन्त्रालयको आग्रह छ। यस्ता बालबालिकाहरुलाई सम्बन्धित स्वास्थ्य संस्थाले नै राष्ट्रिय प्रोटोकल अनुसार भिटामिन ए क्याप्सुल, जुकाको औषधि खुवाउने र बालभिटा वितरण गरिनुपर्ने नियम बनाइएको छ ।

jackson ribon