birat ribon

ओलीले बोलाएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक आज

Neuro
ओलीले बोलाएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक आज

विराटनगर / प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज (सोमबार) बस्दै छ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकका लागि छ वटा एजेन्डा तय गरिएको छ । यसअघिको एमालेको केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि पहिलो पटक बैठक बस्न लागेको नेताहरुले बताए । बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

cura insider

एमाले महासचिव ईश्वर पोखरेलबाट कमिटी सदस्यहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गर्दै बैठकको कार्यसूची पठाइएको थियो। बैठकमा ओलीले उद्घाटन मन्तव्य दिने तथा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही सङ्गठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायत विषय बैठकमा छलफल हुने कार्यसूची रहेको स्रोतले बतायो ।

jackson ribon