birat ribon

वृद्धालाई बेवास्ता गर्दा छोरी र ज्वाइँको बास कारागारमा

Neuro
वृद्धालाई बेवास्ता गर्दा छोरी र ज्वाइँको बास कारागारमा

विराटनगर / सबै सम्पत्ति जालसाजीपूर्वक हात पारेर वृद्ध अवस्थाकी सासूलाई बेवास्ता गर्ने ज्वाइँलाई जिल्ला अदालत काठमाडौंले कारागार चलान गरेको छ ।

८४ वर्षीया सासू शोभा रिजाललाई बेवास्ता गरेको ठहर गर्दै अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कमलप्रसाद रेग्मी जेल चलान भएका हुन् । यसअघि उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई पनि अदालतको आदेशमा जेल पठाइएको छ । ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको अभियोग लागेका दुवैलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।

cura insider

जेल चलान गरिएको कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् । सुष्मा नेपाल राष्ट्र बैंककी निर्देशक हुन् । सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेपछि आमा शोभाले छोरी सुष्मा र ज्वाइँ कमलप्रसादविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon