birat ribon

नेपालमा आठ लाखभन्दा बढी भूमिहीन

Neuro
नेपालमा आठ लाखभन्दा बढी भूमिहीन

विराटनगर / नेपालमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या आठ लाखभन्दा बढी रहेको पाइएको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या चार लाख १४ हजार चार सय १८ रहेको छ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या चार लाख छ हजार पाँच सय दुई रहेको छ ।

cura insider

आयोगले सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट भूमिहीनको तथ्याङ्क संकलन गरेको थियो । जसअनुसार सातवटै प्रदेशका ७७ जिल्लाका दुई सय ८७ स्थानीय तहबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको जम्मा सङ्ख्या आठ लाख २० हजार नौ सय २० पुगेको आयोगले जानकारी दिएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon