birat ribon

डर्टमुन्डको शानदार जितमा हालान्डको दुई गोल

Neuro
डर्टमुन्डको शानदार जितमा हालान्डको दुई गोल

विराटनगर / जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले शानदार जित दर्ता गराएको छ । आइतबार राति भएको खेलमा डर्टमुन्डले वेर्डरमाथि ४–१ गोलको जित दर्ता गराएको हो ।

डर्टमुन्डको मैदानमा घरेलु टोलीलाई जिताउन इयर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रेना र माट्स हुमेल्सले समान एक–एक गोल गरे । वेर्डरका मिलट रशिकाले एक गोल गरे ।

cura insider

१४औँ मिनेटमा रशिकाले गोल गरेपछि वेर्डरले सुरुआती अग्रता बनाएको थियो । रेनाले २९औँ मिनेटमा गोल गर्दै डर्टमुन्डलाई बराबरीमा फर्काए ।

३४आँै मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै हालान्डले दोस्रो गोल गर्दै पहिलो हाफमा डर्टमुन्डको अग्रता ३–१ गोलको बनाए ।

८७औँ मिनेटमा हुमेल्सले गोल गरेपछि डर्टमुन्ड ४–१ गोलले विजयी भयो ।

जितसँगै पाँचौँ स्थानको डर्टमुन्डले २९ खेलमा ४९ अङ्क जोडेको छ । वेर्डर भने ३० अङ्कसहित १३औँ स्थानमा छ ।

jackson ribon