birat ribon

नेपालमा १० प्रतिशत बालबालिकामा कोरोनाको सङ्क्रमण

Neuro
नेपालमा १० प्रतिशत बालबालिकामा कोरोनाको सङ्क्रमण

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरको चपेटामा बालबालिका पर्न थालेका छन्।

कुल सङ्क्रमितको १० प्रतिशत बालबालिका सङ्क्रमणमा परिरहेका छन्। यूके भेरियन्ट र डबल म्युटेन्ट भाइरस छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी सरेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म पाँच वर्षमुनिका तीन हजार पाँच सय ६५ बालबालिका सङ्क्रमित भइसकेका छन्। पाँच वर्षमुनिका ५१ जना सक्रिय सङ्क्रमित छन्।

cura insider

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टका अनुसार ठूला व्यक्तिको तुलनामा बालबालिकाको कोभिड–१९ परीक्षण कम गरिएको छ। परीक्षण बढाए बच्चाहरूमा सङ्क्रमण अहिले देखिएभन्दा बढी हुनसक्ने उनले बताए । हाल मुलुकभर छ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन्। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon