birat ribon

भोकले भारत गएकाहरु कोरोना महामारीका कारण धमाधम फर्कदै

Neuro
भोकले भारत गएकाहरु कोरोना महामारीका कारण धमाधम फर्कदै

विराटनगर / भारतमा कोरोना भाइरस सङ्क्रमणले महामारीकै रुप लिएपछि नेपालीहरू धमाधम घर फर्कन थालेका छन् ।

कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । चरम गरिबीका कारण सुदूरपश्चिमबाट रोजगारीका लागि भारतका विभिन्न सहर जानेको सङ्ख्या ठूलो छ । गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि उनीहरू सङ्क्रमण उत्कर्षमै रहेका बेला केही महिनामै भारत फर्किएका थिए ।

cura insider

महामारीका वेला हजारौँ युवा स्वदेश फर्के पनि उनीहरूलाई रोजगारी दिने कार्यक्रम सरकारले ल्याउन नसकेको सरोकारवालाको भनाइ छ । भोको पेट भर्न भारत गएकाहरु कोरोना महामारीका कारण बढेको त्रासले धमाधम घर फर्कन थाले पनि उनीहरुमा आगामी दिनमा पर्ने समस्याका बारेमा सरकार बेखवर छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon