birat ribon

अख्तियारको स्टिङ अपरेसनका नाममा अवैध धन्दा

Neuro
अख्तियारको स्टिङ अपरेसनका नाममा अवैध धन्दा

विराटनगर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनका नाममा केही व्यक्तिले अवैध ‘धन्दा’ चलाइरहेको पाइएको छ।

अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन्। तिनले कृत्रिम सेवाग्राहीका रूपमा अख्तियारमा उजुरी दिई त्यहींबाट ल्याएको पैसा खुवाएर फन्दामा पार्ने गरेको देखिएको छ।

cura insider

ललितपुर गोदावरीका राजकुमार तिमल्सिनाले १३ स्ट्रिङ अपरेसन गराएका हुन्। अख्तियारका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले विभिन्न ठाउँमा सेवा लिन जाँदा एउटै व्यक्तिमाथि घुस मागिएकाले यस्ता घटना संयोग हुन सक्ने बताए। उनले गलत बकपत्र दिए उजुरी दिनेविरुद्ध पनि मुद्दा चल्ने बताए। सेवामा सरोकार नभएको र बार्गेनिङ गर्न उजुरी दिएको प्रमाण पाइए गहनतापूर्वक केलाउने उनले जानकारी दिए। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon