birat ribon

राष्ट्रपति रनिङ सिल्ड : सुन्दरहरैँचा च्याम्पियन

Neuro
राष्ट्रपति रनिङ सिल्ड : सुन्दरहरैँचा च्याम्पियन

विराटनगर / सुन्दरहरैँचा नगरपालिका मोरङ जिल्लास्तरी १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बेलाबारी–११ स्थित लक्ष्मीमार्गको खेल मैदानमा भएको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाले १५ स्वर्ण, १३ रजत र २१ कास्य पदक प्राप्त गर्दै उपाधि उचालेको हो । त्यस्तै विराटनगर महानगरपालिका १४ स्वर्ण, १५ रजत र १२ कास्य पदका साथ दोस्रो र बेलबारी नगरपालिका सात स्वर्ण, पाँच रजत र १५ कास्यका साथ तेस्रो भएको छ ।

cura insider

प्रतियोगिताअन्तर्गत लङजम्पको छात्रातर्फ रतुवामाई नगरपालिकाकी विमला कार्की प्रथम, सुन्दरहरैँचा नगरपालिकाकी अमिशा चौधरी द्वितीय र रङ्गेली नगरपालिकाकी लिजा ताजपुरिया तृतीय भए । छात्रतर्फ ग्रामथान नगरपालिकाका रेमन भगत प्रथम, रतुवामाई नगरपालिकाका निर्मोद बेस्रा तृतीय भए ।

हाइजम्पको छात्रतर्फ सुन्दरहरैँचा नगरपालिकाका किरण चौधरी प्रथम, विराटनगर महानगरपालिकाका सागर यादव द्वितीय र उर्लाबारी नगरपालिकाका सरोज धिमाल तृतीय भएका छन् । छात्रातर्र्फ सुन्दरहरैँचा नगरपालिकाकी कञ्चन कार्की प्रथम, ग्रामथान नगरपालिकाकी स्वेच्छा माझी द्वितीय र बेलबारी नगरपालिकाकी प्राश्ना मगर तृतीय भए ।

चार गुणा एक सय मिटर रिले दौडको छात्रतर्फ रतुवामाई प्रथम, उर्लाबारी द्वितीय र बेलबारी तृतीय भए भने छात्रातर्फ सन्दरहरैँचा प्रथम, उर्लाबारी द्वितीय र रतुवामाई तृतीय भए । चार गुणा चार सय रिलेको छात्रतर्फ सुन्दरहरैँचा प्रथम, केराबारी द्वितीय र उर्लाबारी तृतीय भए । छात्रातर्फ केराबारी प्रथम, रतुवामाई द्वितीय र रङ्गेली तृतीय भए ।

तीन हजार मिटर दौडको छात्रतर्फ केराबारीका क्षितिज राई प्रथम, उर्लाबारीका गजेन्द्र निरौला द्वितीय र सुन्दरहरैँचाका लक्की तामाङ तृतीय भए । छात्रातर्फ उर्लाबारीकी अनिषा राई प्रथम, सुन्दरहरैँचाकी प्रनिश मगर द्वितीय र रतुवामाईकी आँचल मुर्मु तृतीय भएका छन् ।

त्यस्तै ट्रिपलजम्पको छात्रतर्फ ग्रामथानका जीवेश सरदार प्रथम, बेलबारीका सुरेश लिम्बू द्वितीय र धनपालथानका राहुतकुमार साह तृतीय भए भने छात्रातर्फ सुन्दरहरैँचाकी अमिशा चौधरी प्रथम, रतुवामाईकी सुजता चौलागाईं द्वितीय र उर्लाबारीकी सुष्मिता पाँचकोटी तृतीय भइन् । त्यसैगरी, कबड्डीको छात्रातर्फ बेलबारी प्रथम, बुढीगङ्गा दोस्रो, जहदा र सुन्दरहरैँचा तृतीय भए भने छात्रतर्फ धनपालथान प्रथम, विराटनगर द्वितीय, बेलाबारी र उर्लाबारी तृतीय भए ।

भलिबलको छात्रतर्फ विराटनगर प्रथम, रतुवामाई द्वितीय, बेलबारी र सुन्दरहरैँचा तृतीय भए भने छात्रातर्फ विराटनगर प्रथम, रतुवामाई द्वितीय, पथरीशनिश्चरे र सुन्दरहरैँचा तृतीय भए ।

एथ्लेटिक्सतर्फ केराबारी गाउँपालिकाको मच्छिन्द्र माविका अभिषेक श्रेष्ठ र सञ्जुमाया तामाङ उत्कृष्ट खेलाडी भए । कबड्डीतर्फ बेलबारीको काली माविकी शान्ता तामाङ उत्कृष्ट भइन् । खेलाडीहरूलाई बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साह, जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल र सुजय गौतमलगायतले पुरस्कार वितरण गरे ।

jackson ribon