birat ribon

इन्टर र नापोलीले अङ्क बाँडे

Neuro
इन्टर र नापोलीले अङ्क बाँडे

विराटनगर / इटालियन सिरी ‘ए’मा लिग लिडर इन्टर मिलान र नापोलीले अङ्क बाँडेका छन् । आइतबार राति भएको खेलमा नापोली र इन्टरले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

नापोलीको मैदानमा घरेलु टोलीले आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो । ३६औँ मिनेटमा इन्टरका समीर हान्डानोभिकले आफ्नै पोस्टमा गोल गरेका थिए ।

cura insider

५५औँ मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गरेपछि इन्टर खेलमा फर्कियो । र, बाँकी रहेको समयमा गोल नहुँदा दुवैले एक–एक अङ्क बाँडेका हुन् ।

बराबरीसँगै शीर्ष स्थानको इन्टरले ३१ खेलमा ७५ अङ्क बनाएको छ । नापोली भने ६० अङ्कसहित पाँचौँ स्थानमा छ ।

jackson ribon