birat ribon

आइपिएल : पन्जावले दिल्लीलाई दियो एक सय ९६ रनको लक्ष्य

Neuro
आइपिएल : पन्जावले दिल्लीलाई दियो एक सय ९६ रनको लक्ष्य

विराटनगर / चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा पञ्जाव किङ्सले दिल्ली क्यापिटल्सलाई एक सय ९६ रनको लक्ष्य दिएको छ । आइतबार मुम्बईस्थित वान्खेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभर खेल्दा चार विकेटको क्षतिमा एक सय ९५ रन बनायो ।

पञ्जावका मयांक अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान लोकेश राहुलले ६१ अर्धशतकीय इनिङ्स खेले । दीपक होडाले अविजित २२ रन बनाउँदा शाहरुख खानले अविजित रहँदै १५ रन जोडे ।

cura insider
Image

बलिङतर्फ दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १–१ विकेट लिए ।

jackson ribon