birat ribon

प्रधानमन्त्रीलाई इङ्गित गर्दै सभामुखले भने : मलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न सक्दैन

Neuro
प्रधानमन्त्रीलाई इङ्गित गर्दै सभामुखले भने : मलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न सक्दैन

काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोडन नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए ।

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसिसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए । कार्यक्रममा बोल्दै सभामुख सापकोटाले एमसिसी सम्बन्धी विधेयकको प्रसङ्ग नभनेपनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए । कसैले काम गर्न अवरोध गरे रोक्न खोजेपनि नरोकिने बताए ।

cura insider

उनले संसद्लाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि उनले बताए । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने प्रष्ट पारे ।

सङ्घीय संसद्लाई गतिशील बनाउन खोज्दा घेरावन्दी गरिएको बताए । संसद्को काम कारवाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि बताए । अहिले पनि घेराबन्दी गरेर विभिन्न टीकाटिप्पणी गर्न थालिएको बताए । यसरी भ्रममा पारेर सधैँ कसैलाई बसमा पार्न नसकिने पनि बताए ।
संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसिसी शब्दको उच्चारण नगरी स्पष्टीकरण दिएका छन् ।

jackson ribon