birat ribon

दैनिक हिँड्नाले दिमागमा बढ्दो उमेरको प्रभावलाई रोक्न सकिने

Neuro
दैनिक हिँड्नाले दिमागमा बढ्दो उमेरको प्रभावलाई रोक्न सकिने

विराटनगर / दैनिक वा हप्ताको पाँच दिनमात्र हिँड्नाले छिट्टै स्मरण शक्ति कमजोर नहुने अध्ययनले देखाएको छ । टेक्सास विश्वविद्यालयका वैज्ञानिकहरूले दैनिक हिँड्दा शरीरमा रक्तसञ्चार बढ्छ, जसकारण उमेर बढ्दै जाँदा दिमागमा बढ्दो उमेरको प्रभावलाई रोक्न सकिने दाबी गरेका हुन् ।

अमेरिकी मानिसहरूमा एक वर्षको अनुसन्धानले छिटो गतिमा हिँड्नाले (ब्रिस वाक)ले मेमोरीमा पर्ने असरलाई रोक्न सकिने देखाएको हो । टेक्सास विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार उमेर बढ्दै जाँदा मस्तिष्क सङ्कुचित हुन्छ । यस्तो किन हुन्छ भनेर पत्ता लगाउन सकिएको छैन । यो न्युरोनको क्षमताको घट्ने कारण हुन सक्छ । उमेर बढेसँगै केही नयाँ सिक्न र सम्झनको लागि जिम्मेवार हुने हिप्पोक्याम्पस (मस्तिष्कको भाग) पनि आकार सानो हुँदै जान्छ । साथै युवाको तुलनामा वृद्धहरू कम सक्रिय हुने गर्छन् ।

cura insider

हिँड्दा मानव मस्तिष्कमा रगतको सञ्चार बढ्छ । जसकारणले अक्सिजन र पोषक तत्त्वहरू मस्तिष्कको कोषहरूमा पुग्छ र नतिजास्वरूप, दिमाग स्वस्थ रहन्छ । डिमेन्सियाको कारण स्मरण शक्तिमा ह्रास आएमा हालसम्म कुनै उपचार पत्ता नलागेको हुँदा दैनिक हिँड्नु महत्त्वपूर्ण रहेको अध्ययनकर्ताहरूको भनाई छ ।

दैनिक हिँड्नाले स्मरण शक्तिमा ह्रास आउने जोखिमलाई कम गर्दै स्मृतिलाई पनि सुधार्ने काम गर्छ ।

jackson ribon