birat ribon

रोनाल्डोविनाको खेलमा युभेन्टस स्तब्ध

Neuro
रोनाल्डोविनाको खेलमा युभेन्टस स्तब्ध

विराटनगर / इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टस अटलान्टासँग पराजित भएको छ । आइतबार राति अटलान्टाको मैदानमा युभेन्टस १–० गोलले स्तब्ध भएको हो ।

अटलान्टाको जितमा रुस्लान मालिनोस्कीले निर्णायक गोल गरे । खेल सकिन मात्र तीन मिनेट बाँकी छँदा मालिनोस्कीले गोल गर्र्दै अटलान्टालाई जिताए ।

cura insider

युभेन्टस पोर्चुगिज स्टार क्रिस्टियानोविना मैदान उत्रिएको थियो ।

जितसँगै अटलान्टाले युभेन्टसलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले ३१ खेलमा ६४ अङ्क जोडेको छ । ६२ अङ्क भएको युभेन्टस भने चौथो स्थानमा चिप्लिएको छ ।

jackson ribon