birat ribon

आफ्नै मैदानमा आर्सनलको बराबरी

Neuro
आफ्नै मैदानमा आर्सनलको बराबरी

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा आर्सनल फुलह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको छ । आइतबार आर्सनलको मैदान इमिरेट्समा भएको सो खेल १–१ गोलको बराबरीमा सकिएसँगै दुवै टोलीले बराबरी अङ्क बाँडेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५९औँ मिनेटमा फुलह्यामले अग्रता बनाएको थियो । जोश माजाले पेनाल्टीमा गोल गर्दै फुलह्यामलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

इन्ज्युरी समयमा इडी एनकेटियाले गोल गर्दै आर्सनललाई सम्भावित हारबाट जोगाए ।

बराबरीसँगै नवौँ स्थानको आर्सनलले ४६ अङ्क जोडेको छ । फुलह्याम भने २७ अङ्कका रेलिगेसन जोनमा छ ।

jackson ribon