birat ribon

महाराष्ट्रमा परीक्षण गरिएकामध्ये ५० प्रतिशत इन्डियन भेरियन्टबाट सङ्क्रमित

Neuro
महाराष्ट्रमा परीक्षण गरिएकामध्ये ५० प्रतिशत इन्डियन भेरियन्टबाट सङ्क्रमित

विराटनगर / भारतको महाराष्ट्रमा परीक्षण गरिएकामध्ये ५० प्रतिशत इन्डियन भेरियन्टबाट सङ्क्रमित भएको पुष्टि भएको छ । ‘जिनोम सिक्वेन्सिङ’ गरिएको कुल नमूनाको आधा सङ्ख्यामा पहिलेको भन्दा धेरै सङ्क्रामक इन्डियन भेरियन्ट वा डबल म्युटेन्ट भेरियन्ट (बी.१.६१७) भेटिएको हो ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाले जनाएअनुसार अधिकांश विदर्भ गाउँबाट लिइएको नमूनामा इन्डियन भेरियन्ट भेटिएको हो । साथै, सहरी क्षेत्रबाट लिइएको नमूनामा भने उक्त भेरियन्ट पाइएको छैन ।

cura insider

कोरोना भाइरसको इन्डियन भेरियन्टबाट हालसम्म भारतको महाराष्ट्र, दिल्ली र पन्जावसहित पाँचवटा राज्य प्रभावित भइसकेको छ । जसकारण देशमा सङ्क्रमणको दर बढिरहेको बताइन्छ । इन्डियन भेरियन्टसहित भारतमा युके भेरियन्ट (बि.१.१.७), दक्षिण अफ्रिकि भेरियन्ट (बि.१.३५१) र ब्राजिली भेरियन्ट (पि.१) पनि फैलिरहेका छन् ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ६३ हजार सात सय २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, भारतमा शनिबार एकै दिन दुई लाख ६० हजार बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या एक करोड ४५ लाख ८२ हजार नाघेको छ । हालसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या एक लाख ७७ हजार एक ६८ पुगेको छ ।

jackson ribon