birat ribon

आइपिएल : लगातार जित निकाल्दै बैङ्ग्लोर शीर्ष स्थानमा

Neuro
आइपिएल : लगातार जित निकाल्दै बैङ्ग्लोर शीर्ष स्थानमा

विराटनगर / रोयल च्यालेन्जर्स बैङ्ग्लोर चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । आइतबारको पहिलो खेलमा कोलकता नाइट राइडर्सलाई ३९ रनले हराउँदै बैङ्ग्लोरले शीर्ष स्थान कब्जा गरेको हो ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा बैङ्ग्लोरले दिएको दुई सय ५ रनको लक्ष्य पछ्याएको कोलकाले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा एक सय ६६ रन मात्र बनाउन सक्यो ।

cura insider

कोलकताका लागि आन्द्रे रसेलले ३१ रन बनाउँदा कप्तान इयोन मोर्गन २९ रन जोडे । शकिब अल हसनले २६ रन जोड्दा राहुल त्रिपाठीले २५ रन बनाए । यस्तै, सुभ्मन गिलले २१ रन बनाउँदा नितिश रानाले १८ रन जोडे ।

Image

बैङ्ग्लोरका केली जेमिसनले ३ विकेट लिए भने हर्सल पटेल र युजभेन्द्र चाहलले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैङ्ग्लोरले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा दुई सय चार रन बनाएको थियो ।

बैङ्ग्लोरका ग्लेन म्याक्सवेलले ७८ रन जोडे भने एबी डी भिलियर्सले ७६ रन बनाए । देवदुत पडिकलले २५ रन बनाउँदा केली जेमिसनले अविजित ११ रन जोडे ।

कोलकताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्ध कृष्णले समान १–१ विकेट लिए ।

यससँगै बैङ्ग्लोरले लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको हो । उसले तीन खेलमा अपराजित रहँदै ६ अङ्क जोडेको छ । कोलकताले २ अङ्क जोडेको छ ।

jackson ribon