birat ribon

नवनियुक्त गृहमन्त्री थापाले लिए शपथ

Neuro
नवनियुक्त गृहमन्त्री थापाले लिए शपथ

काठमाडौँ / नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार नवनियुक्त मन्त्री थापाले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । नवनियुक्त मन्त्री थापालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै गृह मन्त्रालयको जिम्मेवारीमा नियुक्त गरेकी थिइन् ।

cura insider
jackson ribon