birat ribon

आत्मघाती गोलमा मिलानको जित

Neuro
आत्मघाती गोलमा मिलानको जित

विराटनगर र इटालियन सिरी ‘ए’मा एसी मिलानले जेनोआमाथि जित निकालेको छ । आइतबार भएको खेलमा मिलानले आफ्नै मैदानमा जेनोआमाथि २–१ गोलको जित निकालेको हो ।

सान सिरोमा मिलानले सुरुआती अग्रता बनाएको थियो । १३औँ मिनेटमा एन्टे रेबिकले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए ।

cura insider

३७औँ मिनेटमा जेनोआका माटिया डेस्ट्रोले गोल गरेपछि पाहुना टोली बराबरीमा फर्कियो । ६८औँ मिनेटमा जेनोआका जियानलुका स्कामाकाले आत्मघाती गोल गरेपछि मिलानले २–१ गोलको जित निकालेको हो ।

जितसँगै दोस्रो स्थानको मिलानले ३१ खेलमा ६६ अङ्क जोडेको छ । जेनोआ भने ३२ अङ्कका साथ १३औँ स्थानमा छ ।

jackson ribon