birat ribon

समाज रूपान्तरका लागि योगमाया अभियान

Neuro
समाज रूपान्तरका लागि योगमाया अभियान

विराटनगर / कवि तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ लेखनमा झोराहाट नाटकघरले तयार पारेको ‘योगमाया’ नाटक पूर्वाञ्चलमा अभियानका रूपमा अघि बढाउने भएको छ ।

आइतबार मोरङको झोराहाटमा मञ्चित ३३ प्रदर्शनपछि ‘योगमाया’ नाटकका लेखक बर्बरिकले त्यस्तो जानकारी दिएका हुन् । झोराहाट नाट्य समूहको आयोजनामा चैत २३ गतेदेखि सुरु भएको ‘योगमाया’ नाटकको गृह–प्रदर्शन आइतबारदेखि समापन गरिएको हो ।

cura insider

योगमायाको विद्रोहमा निहित सकारात्मक सन्देशलाई नाटकमार्फत समाज रूपान्तरका लागि अगाडि बढाउन लागिएको लेखक तथा कलाकार बर्बरिकले बताए ।

प्रदीप सरदारको निर्देशन रहेको योगमायाको विद्रोहमा निहित सकारात्मक सन्देशलाई नाटकमार्फत समाज रूपान्तरका लागि अगाडि बढाउन लागिएको लेखक तथा कलाकार बर्बरिकले बताए । उनका अनुसार उनका अनुसार लगत्तै सुनसरीको इटहरी, झापाको गौरादह, भोजपुरको मझुवागढी र सुनसरीको इनरुवामा योगमाया नाटक मञ्चन गरिनेछ ।

वैशाख ३० इनरुवामा मञ्चन गरिएपछि हालका लागि योगमाया अभियानले पूर्णता पाउने झोराहाट नाटकघरले जनाएको छ ।

योगमाया नाटकमा दीपा पोखरेल, निराशा ढुङ्गेल, प्रवेश तिम्सिना, मनिषा बराल, प्रज्ज्वल पाठक, सुजाता राई, विमल सम्बाहाम्फे, डेबिड विष्ट, रञ्जु खत्री, पूजा कटुवाल, सञ्जय गिरी, दीपक निरौला र सञ्जय मुडियारीको अभिनय रहेको छ ।

योगमायाको मञ्च परिकल्पनाकार सुदीपजङ्ग कार्की, ध्वनि र प्रकाश परिकल्पनामा सुरज माझी, चन्दन माझी र विजय थारु रहेका थिए । झोराहाटमा योगमाया सार्वजनिक प्रदर्शनको अन्त्य प्राज्ञ विवश पोखरेलको मुख्य आतिथ्यमा गरिएको थियो ।

jackson ribon