birat ribon

विराटनगरमा एकैदिन थपिए २७ सङ्क्रमित

Neuro
विराटनगरमा एकैदिन थपिए २७ सङ्क्रमित

विराटनगर । विराटनगरमा एकैदिन २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएको विराटनगरमा आइतबार २७ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या पछिल्लो केही दिनयताकै उच्च हो ।

प्रदेश १ सामाजिक विकास समन्त्रालयका अनुसार आइताबार प्रदेशमा४३ जना सङ्क्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना छन् ।

cura insider

मोरङको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगङ्गा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६६ पुगेको छ ।

jackson ribon