birat ribon

अस्ताउँदो सूर्यलाई चैती छठको अर्घ

Neuro
अस्ताउँदो सूर्यलाई चैती छठको अर्घ

सुनसरी / मिथिला संस्कृतिसँग जोडिएको एउटा विशेष पर्व चैती छठका अवसरमा दुहवीका स्थानीयले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । शुक्रबारदेखि सुरु भएको चैती छठको तेस्रो दिन बूढीखोलाकिनारमा भेला भएका श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

भोलि अर्थात् सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ पर्वको समापन हुुुनेछ । स्थानीय पत्रकार चन्दन रौनियारका अनुसार चैती छठको विधि र विश्वास तिहारलगत्तै मनाइने छठ पर्वसरह हुनेगर्छ ।

cura insider

सुनसरीको दुहवीसहित मधेसका विभिन्न जिल्लाका जलासयहरूमा बनाइएका घाटमार्फत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । मनोकामना पूरा, चर्म रोग निको तथा मानसिक प्रसन्नता प्राप्त हुने जनविश्वास रहेको चौती छठ भारतमा व्यापक रूपमा मनाउने गरिन्छ । चौती छठ नेपालमा पनि बिस्तारै लोकप्रिय हुँदै गएको छ ।

jackson ribon