birat ribon

रियलको नजर शीर्ष स्थानमा

Neuro
रियलको नजर शीर्ष स्थानमा

विराटनगर / स्पेनिस ला लिगामा आज साविक विजेता रियल मड्रिडले गेटाफेसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयानुसार राति १२ः४५ बजे हुने उक्त खेल गेटाफेको मैदानमा हुनेछ ।

यस खेलमा रियल शीर्ष स्थानमा उक्लिने दाउमा हुनेछ । तथापि उसले शीर्ष स्थानमा उक्लिन गेटाफेलाई हराउँदै एथ्लेटिको मड्रिडको हारको कामना गर्नुपर्ने हुन्छ । आजै हुने अर्को खेलमा एथ्लेटिकोले इबरसँग खेल्दैछ ।

cura insider

हाल रियल ६६ अङ्कसहित दोस्रो स्थानमा छ भने एथ्लेटिको ६७ अङ्कका साथ शीर्ष स्थानमा छ । बार्सिलोना ६५ अङ्कसहित तेस्रो स्थानमा छ ।

jackson ribon