birat ribon

विराटनगरमा सङ्क्रमणको स्थिति भयावह हुन सक्छ : डाक्टर चुमनलाल दास

Neuro
विराटनगरमा सङ्क्रमणको स्थिति भयावह हुन सक्छ : डाक्टर चुमनलाल दास
डा. चुमनलाल दास
मेडिकल सुपरिटेन्डेन्ट
कोसी अस्पताल, विराटनगर

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै विराटनगरमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दो छ ।

कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सतर्कता नअपनाए जोखिम अवश्य पनि बढ्छ जसकारण स्थिति भयावह हुँदैन भन्न सकिने अवस्था छैन । नेपालमा पनि केही मानिसमा युके भेरिएन्टबाट सङ्क्रमित भइसकेको विभिन्न जाँचले देखाइसकेको छ । त्यस्तै, छिमेकी मुलुक भारतमा दुई पटक उत्परिवर्तित भएको (डबल म्युटेन्ट) कोरोना भाइरसको नयाँ प्रकार पनि पत्ता लागिसकेको छ ।

cura insider

तर, विराटनगरमा जाँच भइनसकेको कारण यहाँ भेटिएका सङ्क्रमितमा पनि युके भेरिएन्ट वा डबल म्युटेन्ट देखिएको छ वा छैन भनेर पत्ता लागिसकेको छैन । कोरोना भाइरसको नयाँ भेरिएन्टबाट हुने सङ्क्रमण पहिलेको भन्दा धेरै जनालाई र सजिलै सर्ने सम्भावना देखिएको छ । विराटनगरमा भारतसँगको सीमा नाका खुला भएका कारण भारतमा देखिएको सङ्क्रमण नेपालमा फैलिरहेको देखिन्छ ।

भारतमा केही दिनयता दैनिक दुई लाखभन्दा बढीमा सङ्क्रमण देखिरहेको छ । भारतसँगको सीमा नाका खुला भएका कारण दैनिक धेरै मानिस आउजाउ गरिरहेका छन् । तिनीहरूलाई क्वारेन्टाइनमा पनि राखिएको छैन । होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिँदै घर पठाइए पनि उनीहरू होम क्वारेन्टाइनमा पनि बसेकोजस्तो देखिएको छैन ।

विराटनगरमा भारतसँगको सीमा नाका खुला भएका कारण भारतमा देखिएको सङ्क्रमण नेपालमा फैलिरहेको देखिन्छ ।

भारतबाट पनि नयाँ भेरिएन्टको भाइरस आउने सम्भावना धेरै छ । हाल भारतमा बढ्दो सङ्क्रमण र विराटनगर बोर्डर साइडमा परेको कारण यहाँ सङ्क्रमणको जोखिम उच्च छ । नयाँ भेरिएन्ट र सीमाबाहेक मानिसहरूको लापरवाहीका कारणले पनि सङ्क्रमण बढेको हुनसक्ने देखिन्छ ।

सङ्क्रमण फैलिन नदिनका लागि भिडभाड नगर्नु भनिएको भए पनि भिडभाड हुने कार्यक्रम भइरहेको तथा यस्ता कार्यक्रममा मानिसहरूले सहभागिता जनाइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, ह्यान्ड सेनिटाइज गर्ने तथा निकै अनुशासित भएर स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्ने जस्ता स्वास्थ्य सतर्कता अपनाउन बारम्बार आग्रह पनि गरेको छ । तर, स्वास्थ्य मापदण्डहरू पनि राम्रोसँग पालना भएको देखिँदैन ।

नयाँ भेरिएन्टले गर्ने असर पहिलेको तुलनामा केही फरक वा पहिलेको भन्दा बढी हुनसक्छ । केही हदसम्म मानिसलाई कोरोना भाइरसविरुद्धको खोपले पनि सुरक्षा प्रदान गरिरहेको छ । हाल वितरण भइरहेका खोपहरू कोरोना भाइरसका पुरानो भेरिएन्टसँग जुझ्न बनाइएको थियो । तर, भाइरसमा भएको म्युटेसनका कारण भाइरसको स्वरुपमा परिवर्तन भएको छ ।

खोपले पनि नयाँ भेरिएन्टका भाइरसविरुद्ध कत्तिको प्रभावकारी छ वा कतिसम्म सुरक्षा प्रदान गर्न सक्छ भनेर थाहा भइसकेको छैन । जसकारण खोपले सुरक्षा प्रदान गरिरहेको छ सोचेर खोप लगाइसकेका मानिसले जनस्वास्थ्य मापदण्डका नियमहरू पालना नगरी लापरवाही गर्नु हुँदैन । धेरै सङ्क्रामक भनिने उक्त भेरिएन्टका कारण बिरामीमा हालसम्म त्यस्तो फरक लक्षण भने देखिएको छैन ।

हाल पत्ता लागेका सङ्क्रमितमा पनि ज्वरो, खोकी, निमोनियालगायतकै समस्या देखिरहेका छन् । साथै, नयाँ भेरिएन्ट बालबालिकाहरूका तथा युवा उमेर समूहका मानिसमा पनि सर्न सक्ने देखिएको छ । विराटनगरमा पनि कम उमेरका समूहमा सङ्क्रमण फैलिएको पाइएको छ । तर, उनीहरूमा सङ्क्रमण गम्भीर भएको वा उनीहरूको अवस्था गम्भीर भएको देखिएको छैन ।

सङ्क्रमितको सङ्ख्या बढेमा व्यवस्थापन गर्न र सङ्क्रमणलाई नियन्त्रण गर्न गाह्रो हुन सक्छ वा अस्पतालले नै धान्न नसक्ने अवस्था पनि आउन सक्छ । सङ्क्रमितको सङ्क्रयाको आधारमा धान्छ वा धान्दैन भन्ने निर्भर हुन्छ । अहिले कोसी कोभिड सेन्टरमा जेनरल बेड, आइसियू र भेन्टिलेर तयारी अवस्थामा राखिएका छन् भने केही बिरामीको उपचार पनि भइरहेको छ ।

खोपले पनि नयाँ भेरिएन्टका भाइरसविरुद्ध कत्तिको प्रभावकारी छ वा कतिसम्म सुरक्षा प्रदान गर्न सक्छ भनेर थाहा भइसकेको छैन । जसकारण खोपले सुरक्षा प्रदान गरिरहेको छ सोचेर खोप लगाइसकेका मानिसले जनस्वास्थ्य मापदण्डका नियमहरू पालना नगरी लापरवाही गर्नु हुँदैन ।

सङ्क्रमितको सङ्ख्या बढेमा भन्न सकिँदैन । यी सबै कुराको व्यवस्थापन गर्न तथा सङ्क्रमितको उपचारका लागि कोसी कोभिड सेन्टरमा ठाउँ नपुगेको खण्डमा बेड थप्दै जानुपर्ने हुनसक्छ । साथै, कोसी अस्पताल मा वा अन्य निजी अस्पतालहरूमा पनि सङ्क्रमितको उपचार गर्नुपर्ने हुनसक्छ ।

कोरोनाको सङ्क्रमण बढिरहेका कारण बेलैमा नागरिकहरूले धेरै गम्भीरतापूर्वक जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्नका लागि रोकथामका उपायमा ध्यान दिनुपर्ने हुन्छ । मास्कको प्रयोग, सामाजिक दूरी, साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने, भीडभाडमा नजानेलगायतका जनस्वास्थका मापदण्डको कुरामा ध्यान दिन सके सङ्क्रमणबाट जोगिन सकिन्छ ।

बोर्डर नजिक भएका कारण, सीमा खुल्ला भएका कारण अन्य तिरबाट पनि मानिसहरू प्रवेश गरिरहेको कारण सङ्क्रमण फैलिने जोखिम उच्च छ । सङ्क्रमित भएका वा सङ्क्रमणको जोखिम भएका मानिसहरू पनि दिनहुँ नेपाल प्रवेश गरिरहेको हुन सक्छन् । उनीहरू क्वारेन्टाइन वा आइसोलेसनमा पनि बसिरहेका छैनन् । जसकारण यस्ता मानिसहरूले सङ्क्रमणको जोखिममा मात्र नभई अरूलाई जोखिममा पारेर सङ्क्रमण पनि फैलाइरहेको हुन सक्छन् ।

यस्ता मानसिहरू आफैँ सतर्क भई होम क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

jackson ribon