birat ribon

‘दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको सङ्ख्या न्यून’

Neuro
‘दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको सङ्ख्या न्यून’

गार्डेन राई

सोलुखुम्बू/ सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले राजनीतिक क्षेत्रमा महिलाहरूको सक्रियता बढ्दै गएको देखिए पनि दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको सङ्ख्या कम रहेको बताएकी छिन् ।

cura insider

भौगालिक अवस्थादेखि लिएर सामाजिक, पारिवारिक अवस्थाका कारण महिलाहरू राजनीतिक क्षेत्रमा दीर्घकालीन समयका लागि नभएर क्षणिकका लागि मात्र लागेको उनको तर्क छ ।

सोलुखुम्बू जिल्लामा राजनीतिमा महिलाको अवस्था कस्तो छ भन्ने प्रश्नमा उपमेयर राईले महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण थप चुनौती भएको बताइन् । पितृसत्तात्मक देश साथै महिला स्वयंको पनि पितृसत्तात्मक सोचका कारण राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा महिला पछाडि पर्न गएको उनको भनाइ छ ।

महिला स्वयंले पितृसत्तात्मक सोच नहटाएसम्म महिलाहरूको उत्थान हुन नसक्ने स्पष्ट पार्दै उनले नेतृत्व शक्ति बढाउनका लागि अरुको भर नपरी आफ्नो क्षमता अभिवृद्धि गर्नमा जोड दिनुपर्ने बताइन् ।

तुलनात्मक हिसाबले महिलाहरू राजनीतिक क्षेत्रमा सबल देखिए पनि लामो समय टिक्न नसक्नु अर्को चुनौतीको पाटो रहेको उनको भनाइ छ ।

स्थानीय तहका विभिन्न पदमा महिला उम्मेदवारलाई अनिवार्य गराएसँगै राजनीतिमा महिला सक्रियता बढे पनि चुनौती भने उत्तिकै रहेको उनको बुझाइ छ ।

यस्तै राजनीतिमा महिलाको सङ्ख्या वृद्धि भए पनि सक्रियतामा गुणस्तर नभएको उनी बताउँछिन् । सोलुखुम्बू जिल्लामात्र नभई अन्य जिल्लामा पनि निर्णायक भूमिकामा महिला अझै पछाडि रहेको उनको भनाइ छ ।

संवैधानिक व्यवस्थाअनुसार विभिन्न तह तप्कामा महिला सहभागिता अनिवार्य गराएर महिलाहरूले अवसर पाए पनि उनीहरूको क्षमता र योगदानको कदर भने अझै हुन नसकेको उपप्रमुख राईले गुनासो गरिन् ।

यसैगरी, आर्थिक हैसियत कायम गर्न नसकी महिलाहरू परनिर्भर रहनुपर्ने, घर समाजमा दोहोरो भूमिका निर्वाह गर्नुपर्ने लगायत कारण पनि महिला नेतृत्व स्थापित हुन चुनौती रहेको उनको बुझाइ छ ।

राजनीतिको क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा महिला अग्रसर बन्नका लागि परिवार, समाजका पनि भूमिका बलियो हुनुपर्ने बताउँदै उनले व्यक्तिगत सोच परिवर्तन गर्दै समाजलाई परिवर्तन गर्न सकिने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरिन् ।

विगतका समयमा राजनीति गर्नुपर्छ भन्ने महिलाहरू न्यून सङ्ख्यामा रहेको भए पनि अहिले महिलाको सक्रियता बढेसँगै प्रतिस्पर्धा पनि बढ्दै जानु भनेको महिलाहरू पनि सबल छन् भनेर बुझ्नुपर्ने समय आएको पनि बताइन् ।

उनी भन्छिन्, ‘महिलाले अवसर पाएको र परिवर्तन भएको भनिरहँदा अझै पनि महिलाहरूलाई बोल्ने अवसर कम नै छ । अहिले पनि कुनै कार्य सम्पन्न गर्नुभन्दा अगाडि महिलालाई प्राथमिकतामा राखिँदैन । त्यसैले अधिकार प्राप्तिका लागि लडाइँ जारी नै छ ।’

jackson ribon