birat ribon

माडर गाउँको हवेलीमा हेरेको–हेर्‍यै

तराईका जिल्लाहरूको अवलोकन तथा सर्वेक्षण

Neuro
माडर गाउँको हवेलीमा हेरेको–हेर्‍यैतराईका जिल्लाहरूको अवलोकन तथा सर्वेक्षण

हामी रामावतार सरलाई भेट्न उहाँको गाउँ माडर जाने भयौँ । सिरहादेखि चार–पाँच किलोमिटर पर रहेको माडर यादवहरू पुरानो गाउँ रहेछ । यो गाउँ भारतीय सीमासँगै जोडिएको छ ।

बाटामा भेटेजति लाई स्थानीय सरीसृपहरूबारे सोध्दै गयौँ । त्यो अलि सुक्खा र तापक्रम ज्यादा भएको क्षेत्र रहेछ । यस्तो वातावरण सरीसृपहरूको लागि अनुकूल नहुने हुँदा भ्यागुता र छेपारा ज्यादै कममात्र भेटिए । कालो खस्रे, बगैँचे छेपारो, ढोडिया साँप आदिका केही नमुना भने सङ्कलन गर्न भ्यायौँ ।

cura insider

झुरुम्म परेको माडर गाउँ पुगेर रामावतारजीको घर सोध्यौँ । उहाँ त्यस क्षेत्रका खानदानी जमिन्दार परिवारका हुनुहुँदोरहेछ । एक जनाले हामीलाई एउटा पुरानो तर भव्य महलका अगाडि पुर्‍याएर, लौ यही हो उनको हवेली घर भनेर फर्किए । सयौँ झुप्रा घरहरू भएको गाउँको माझमा एउटा भव्य महल देखेर एकछिन त हामी दुवै छक्क पर्‍यौँ । विश्वास नलागी–नलागी हामी बिस्तारी गेटछेउ पुगेर घन्टी बजायौँ ।

निकै बेरपछि रातो गम्छा गलामा भिरेका, गन्जी–धोतीमा सजिएका एक जना हृष्टपुष्ट युवक आए र ढोका खोले । माझी सरले उनलाई ‘रामावतारजीसँग भेट्न आएको हामी’ भन्नुभयो, मैथिली भाषामा । उनले हामीलाई लगेर बैठक कोठामा राखे अनि खबर दिन भित्रको अर्काे विशेष भवनतिर गए ।

बिदा हुनुअघि उहाँले विशेष मेजमानको व्यवस्था गर्नुभएको रहेछ । गाउँँको खानदानी सम्भ्रान्त परिवारको मौलिक खानाको विशिष्ट स्वाद मेरालागि त्यो नै पहिलो थियो ।

एक छिनपछि धोती–कुर्तामा डल्लो–डल्लो गाला पुक्क परेको तर मोटो मान्छे हापझाप गर्दै आए । म एक्कासि, ‘अहो सर, के छ खबर ?’ भन्दै उठेँ र हात बढाएँ । उहाँ अकमक्क पर्दै हामीलाई हेरेको–हेर्‍यै हुनुभयो एकछिन ।

‘अहो ! विश्वासै नहुने गरी कसरी मेरो घर आइपुग्नुभयो, खुम्बु सर !’ उहाँले तीनछक्क पर्दै भन्नुभयो । मेरो थर खम्बु भए पनि रामावतारजी मलाई खुम्बु सर भन्नुहुन्थ्यो ।

मैले ‘तपाईंलाई छक्याउँ (सरप्राइज दिउँ) कि भनेर खबर नगरी आएको,’ भनेँ ।

एकछिनपछि उहाँ सामान्य हुनुभो । हामी औपचारिक गफ गर्न थाल्यौँ । त्यसपछि मैले आफू त्यहाँ पुग्नुको उद्देश्य विस्तृतमा बताएँ । उहाँले ‘हाम्रो गाउँले पनि तपाईंको पिएचडीको थेसिसमा स्थान पाउने भएछ,’ भन्दै खुसी भएर ‘मबाट हुनसक्ने सबै सहयोग गर्छु’ भन्ने वचन दिनुभयो ।

अनुसन्धान यात्रा सम्पन्न गरिएको बाटो (रुट) पूर्वाक्षेत्रको नक्सामा ।

उहाँसँग विश्वविद्यालय, कीर्तिपुरे विद्यार्थी जीवनदेखि परिचित र ठाकुरराम क्याम्पस, वीरगन्जमा हुँदा सँगै पढाएको स्मृति ताजै थियो । त्यसैले पनि हामी नजिक थियौँ । गफ गर्दा–गर्दै दुई घन्टा बितेछ ।

उहाँले हामीलाई उहाँको खेत–बारी, बगैँचा, पोखरी, स्थानीय खोला–खोल्सी सबैतिर पूरै गाउँ घुमाइदिनुभयो । अन्तमा उहाँले त्यो रात गाउँमै बस्ने प्रस्ताव राख्नुभयो, तर हामीले भने तिहार आइसकेको भन्दै बिदा माग्यौँ ।

बिदा हुनुअघि उहाँले विशेष मेजमानको व्यवस्था गर्नुभएको रहेछ । गाउँँको खानदानी सम्भ्रान्त परिवारको संस्कारअनुसारको नानाथरीका व्यञ्जन भएको निरामिष खाना खुवाउनुभयो । परम्परागत मौलिक खानाको विशिष्ट स्वाद मेरालागि त्यो नै पहिलो थियो ।

खाना खाएर हामी रामावतार सरसँग ६ बजेतिर बिदा भयौँ । सिरहा बजार पुग्दा झमक्क रात परिसकेको थियो । लक्ष्मी पूजाको दिन, चारैतिर झिलिमिलि थियो । हामी पनि एकछिन सोही झिलिमिलीमै हरायौँ र करिब मध्यराततिर आराम गर्न क्याम्पसको गेस्ट–हाउसमा प्रवेश गर्‍यौँं ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon