birat ribon

आइतबार एक हजार ९६ जनामा कोरोना सङ्क्रमण

Neuro
आइतबार एक हजार ९६ जनामा कोरोना सङ्क्रमण

विराटनगर / नेपालमा आइतबार एक हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ८४ पिसिआर परीक्षण भएको छ भने छ सय ९९ जनाको एन्टिजेन परीक्षण भएको छ ।

पिसिआर परीक्षण गराएकामध्ये एक हजार १५ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ८१ जना गरी जम्मा एक हजार ९६ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार दुई सय ९० रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई सय ६२ सङ्क्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा चार सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८२ पुगेको छ ।

jackson ribon