birat ribon

माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु

Neuro
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु

काठमाडौँ / माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराए । उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए ।

cura insider

उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिने उनले बताए । यसरी आगामी भदौ महिनाभित्रमा माथिल्लो तामाकोसीबाट चार सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समय तालिकाअनुसार जेठ २ गते माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु गर्ने रहे पनि वैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए ।

वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भए पनि एकदुई दिनअगाडि नै घुमाउनसक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन सुरु हुँदा वैशाख ३१ गते सम्भव हुने बताए ।

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एकदुई दिनअघि मात्रै आयोजनास्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए । साउन मसान्तसम्ममा आयोजनाका छवटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनले बताए ।

jackson ribon