birat ribon

खोपले रगत जम्ने समस्या निम्त्याए देखिने केही प्रारम्भिक सङ्केत

Neuro
खोपले रगत जम्ने समस्या निम्त्याए देखिने केही प्रारम्भिक सङ्केत

विराटनगर / कुनै पनि रोगविरुद्धको खोप लगाएमा मानिसमा सामान्यदेखि गम्भीर प्रकारका साइड इफेक्ट देखिने हुन्छ ।

हालको समयमा कोभिडको खोप लगाएपछि केही मानिसमा रगत जम्ने समस्या पनि साइड इफेक्टको रुपमा देखिएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको (कोभिशिल्ड) र जोनसन एन्ड जोनसनको कोरोनाविरुद्धको खोप लगाएका केही व्यक्तिमा असामान्य रूपमा रगत जमेको (ब्लड क्लट) र थ्रोमबोसिस फेला परेको थियो । जसकारण धेरै देशहरूले खोपको प्रयोगमा रोक लगाएका छन् ।

cura insider

रगत जम्ने समस्या र थ्रोमबोसी दुर्लभ हुन् जुन केही व्यक्तिमा मात्र देखिने हुन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को नयाँ गाइडलाइनअनुसार खोप लगाएको लामो समयसम्मको अत्यधिक टाउको दुखाइ शरीरमा ब्लड क्लट भएको सङ्केत हुनसक्छ । त्यस्तै छाती दुखाइ, असुविधा वा सास फेर्न गाह्रो भएमा पनि शरीरमा ब्लड क्लट भएको हुनसक्छ ।

यी खोप लगाएपछि देखिने साइड इफेक्ट नभई कोरोना भाइरसको सङ्क्रमण हुँदा देखिने मुख्य लक्षण हुन् । दिमागमा रगत जम्दा विभिन्न लक्षण देखिने हुनसक्छ । बोल्न तथा हेर्न गाह्रो हुने, हिँडडुल गर्न गाह्रो हुने, शरीरको एक भाग लाटो हुने, सिजरलगायतका स्नायुसम्बन्धी समस्याहरू देखिन सक्छ जसको तत्काल उपचार गराउनुपर्ने हुन्छ ।

खोप लगाएपछि रक्तचाप बढ्नु पनि रगत जम्ने समस्यासँग सम्बन्धित भएको हुनसक्छ । रगत जम्ने समस्या भएका मानिसमा खुट्टामा दुखाइ, पेट दुखाइजस्ता सङ्केत पनि सक्छ । यसका साथै, हातखुट्टा कमजोर हुने, चाल नपाउने पनि हुनसक्छ । खोप लगाएका सबैलाई वा यी लक्षण देखिएका सबैमा रगत जम्ने समस्या भएको भन्न सकिँदैन ।

खोप लगाएपछि रगत जम्ने समस्या देखिनु एकदम दुर्लभ हुन्छन् । यदि रगत जम्ने समस्या देखिन्छ भने उक्त समस्या खोप लगाएको एक हप्तापछि देखिने हुन्छ भने तीन हप्ताभन्दा बढी समय लिँदैन । कुनै पनि असामान्य वा माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा डाक्टरसँग परामर्श लिन सकिन्छ । रगत जम्ने समस्यालाई प्रारम्भिक चरणमा पत्ता लगाउन सके यसको उपचार सम्भव छ ।

jackson ribon