birat ribon

त्रिकोणात्मक सिरिज : मलेसियामाथि नेदरल्यान्ड्सको जित

Neuro
त्रिकोणात्मक सिरिज : मलेसियामाथि नेदरल्यान्ड्सको जित

विराटनगर / काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सले मलेसियामाथि जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियामाथि १५ रनको जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेदरल्यान्ड्सले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा एक सय ७६ रन मात्र बनाउन सक्यो ।

cura insider

मलेसियाका वीरन्दीप सिंहले ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दा पनि टोलीलाई जिताउन सकेनन् । यस्तै शर्विन मुनियान्डीले २८ रन जोड्दा अमिनुद्धिन राम्लीले २६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, बस डी लिडे र सेबास्टिायान ब्रातले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सले १७ रनमै टोबिस भिसीको रूपमा पहिलो विकेट गुमाएर कमजोर सुरुआत गरेको थियो ।

तर अर्का ओपनर म्याक्स ओ डौडले अविजित रहँदै एक सय ३३ रनको उत्कृष्ट पारी खेलेपछि नेदरल्यान्ड्स विशाल योगफल तयार गर्न सफल भयो । म्याक्सले मात्र ७३ बलमा १५ चौका र छ छक्का प्रहार गरेका थिए ।

विकेटकिपर ब्याट्सम्यान स्कट्ट एडवार्ड्सले ३१ रन बनाएर पेभेलियन फर्किँदा बेन्न कुपरले २० रन बनाएर अविजित रहे । कुपरले म्याक्ससँग तेस्रो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । दुवै जनाले मात्र ६९ बलमा एक सय २५ रन जोडे ।

मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले सामान एक–एक विकेट लिए ।

यस जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसियाले भने हारबाट सिरिजको सुरुआत गरेको छ ।

jackson ribon