birat ribon

मोरङको धनपालथानमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

Neuro
मोरङको धनपालथानमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर / मोरङको धनपालथान गाउँपालिका–४ भलुवा चोकमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

पश्चिमतर्फ जाँदै गरेको को २७ प ६४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रङ्गेली नगरपालिका–२ का २३ वर्षीय भोला शर्माको मृत्यु भएको हो ।

cura insider

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान ७ बजेतिर कोसी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रङ्गेली–३ का २२ वर्षीय कासमिक मुर्मु गम्भीर घाइते भएका छन् । उनको कोसी अस्पतालमै उपचार भइरहेको बताउँदै डीएसपी राईले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए ।

jackson ribon