birat ribon

रामबहादुर थापा राष्ट्रियसभा सदस्य पदबाट मुक्त

Neuro
रामबहादुर थापा राष्ट्रियसभा सदस्य पदबाट मुक्त

विराटनगर / सङ्घीय संसद् सचिवालयले राष्ट्रियसभा सदस्य माननीय रामबहादुर थापामगरको पद रिक्त भएको जानकारी दिएको छ । सचिवालयले आज एक सूचनामार्फत सो जानकारी गराएको हो ।

नेकपा माओवादीका तर्फबाट बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका थापाले दल त्याग गरेको भन्दै चैत २७ गते सङ्घीय संसद् सचिवालयमा माओवादी पार्टीका तर्फबाट जानकारी पत्र दर्ता भएको थियो । थापाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा १ को खण्ड (ख) बमोजिम दल त्याग गरेको व्यहोरा जनाउँदै माओवादीका राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए ।

cura insider

सोही आधारमा राष्ट्रियसभा अध्यक्षबाट स्वीकृत भएबमोजिम सूचना जारी गरिएको सचिवालयले जनाएको छ । सचिवालयको पत्रमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा २ तथा राष्ट्रियसभा नियमावली २०७५ को नियम १८६ को उपनियम २ बमोजिम राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट स्वीकृत भएबमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’

jackson ribon