birat ribon

इनरुवाका विद्यालय बन्द, सिरुवा मेला यथावत् !

Neuro
इनरुवाका विद्यालय बन्द, सिरुवा मेला यथावत् !

सुनसरी / एक शिक्षकसहित दुई जना विद्यार्थीलाई नयाँ भेरियन्टको कोरोना देखापरेपछि इनरुवा नगरपालिका क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

विद्यालयका साथै कोरोना सक्रमण समुदायस्तरमै फैलिएको भन्दै नगरप्रमुख राजन मेहताले आइतबार विज्ञप्ति जारी गरी नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको जनाएका छन् ।

cura insider

विज्ञप्तिमा अर्काे सूचना जारी नभएसम्मका लागि नगरभित्रका विद्यालयसहित सभा–सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्य बन्द गर्न आग्रह गरिएको छ ।

नगरपालिका शिक्षा स्रोतका अनुसार बलाहा क्षेत्रका दुई विद्यार्थी तथा एक शिक्षकमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण पुष्टि भएकाले स्थिति नियन्त्रणमा लिन विद्यालयसहित जात्रा–मेला बन्द गर्ने निर्णय भएको हो ।

नगरपालिकाको निर्णयपछि आइतबारदेखि विद्यालय बन्द भए पनि प्रत्येक वर्ष वैशाख ५ गते लाग्ने इनरुवा–३ कंशमडानस्थित सिरुवा मेला भने लागेको छ ।

इनरुवा–३ कंशमडानस्थित सिरुवा मेला

jackson ribon