birat ribon

खोप लगाएपछि महिलामा देखिने केही साइड इफेक्ट

Neuro
खोप लगाएपछि महिलामा देखिने केही साइड इफेक्ट

विराटनगर / पुरुषको तुलनामा महिलामा गम्भीर प्रकारका साइड इफेक्ट देखिने हुन्छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को रिपोर्टअनुसार खोप लगाएपछि साइड इफेक्ट देखिएका छ हजार नौ सय ९४ मध्ये ७९.१ प्रतिशत महिलाहरू थिए । महिलाको प्रतिरक्षा प्रणाली र हर्मोनल कारणले साइड इफेक्ट देखिएको हुनसक्ने बताइए पनि यसको प्रमुख कारण भने वैज्ञानिकहरूले पत्ता लगाउन सकेका छैनन् ।

cura insider

साइड इफेक्टहरू खोपले काम गरिरहेको भन्ने सामान्य सङ्केत हुन् । तर, महिलामा खोप लगाएपछि केही भिन्न साइड इफेक्टहरू देखिन सकिने बताएका छन् । खोप लिएको महिलामा महिनावारीमा अत्यधिक रक्तश्राव हुने तथा पेट दुखाइ पनि बढी हुने वा महिनावारीको समय गडबड हुने देखिएको छ ।

यी अस्थायी साइड इफेक्ट हुन सक्ने हुँदा केही महिलाले लामो समयसम्मका लागि चिन्तित हुन नपर्न सक्छ । लिम्फ नोड सुन्निनु अहिले प्रयोग भइरहेको खोपको सबैभन्दा अनौंठो साइड इफेक्ट हो । यो सामान्य स्तन क्यान्सरको लक्षणसँग मिल्दोजुल्दो हुन सक्छ । खोप लिसकेपछि महिलामा वाकवाकी हुने, थकान, अन्यको तुलनामा शरीर दुखाइ हुने, ज्वरो आउने, शरीर काप्ने जस्ता साइड इफेक्टहरू बढी देखिन्छ ।

खोप लगाएका सबै महिलामा वा सबैलाई साइड इफेक्ट देखिन्छ भन्ने पनि हुँदैन । जसकारण साइड इफेक्ट देखिएको छैन भने खोपले काम नगर्ने भन्ने हुँदैन । यो व्यक्तिको प्रतिरक्षा प्रणालीमा निर्भर गर्ने हुन्छ । खोप लिनेबित्तिकै भन्दा पनि लिएको एकदेखि दुई दिनमा साइड इफेक्ट देखिने हुन्छ । साइड–इफेक्ट एक वा दुई दिनमा आफैँ हराउने तथा यसलाई सजिलैसँग व्यवस्थापन पनि गर्न सकिन्छ ।

तर, खोप लगाएपछि कुनै साइड इफेक्ट लामो समयसम्म रहिरहे वा दैनिक काममा यसले बाधा पु¥याएमा यसको बारेमा आफ्नो डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ ।

jackson ribon