birat ribon

बालविवाहको चिन्ताजनक ग्राफ

Neuro
बालविवाहको चिन्ताजनक ग्राफ

विराटनगर / कोभिडका कारण अर्को दशकसम्ममा थप एक करोड बालिका उमेर नपुग्दै विवाह हुने जोखिममा छन् ।
कोरोना भाइरसको महामारीअघि पनि १० करोड बालबालिका आउँदो १० वर्षभित्र विवाह गर्न बाध्य हुने युनिसेफको अनुमान रहेको थियो । तर, कोरोना भाइरसको महामारीपछि अब बालबिबाहमा थप १० प्रतिशत वृद्धि हुने भएपछि थप एक करोड बालिका उमेर नपुग्दै विवाह हुने जोखिममा पुगेका हुन् ।

युनिसेफको नयाँ प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा विद्यालयहरू बन्द हुँदा, परिवारमा आर्थिक कठिनाइ र लकडाउनका बेला परिवार तथा बालबालिकाले पाउने सेवा सुविधामा बाधा आउनुजस्ता कारणले सन् २०३० भित्र थप एक करोड बालिका कानुनी उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यतामा परेको देखिएको छ ।

cura insider

युनिसेफको हानिकारक अभ्यास रोकथाम कार्यक्रमकी वरिष्ठ सल्लाहकार ननकली मक्सुदका अनुसार यी तथ्याङ्कले बालिकाहरूका लागि अवस्था कठिन बन्दै गएको देखाउँछ । बालविवाह पछि किशोरावस्थामा बालिकाहरू गर्भवती हुन्छन्, जसकारण गर्भावस्था र बच्चा जन्माउँदा आफैँ र शिशुहरूका लागि जटिलताहरू बढ्छ ।

सन् २०११ यता, कानुनी उमेर नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या १५ प्रतिशतले घटेको थियो । तर, विश्वव्यापी महामारीका कारण यो प्रगति गुम्ने खतरा रहेको युनिसेफले जनाएको छ । बालिकाहरूलाई सुरक्षित रूपमा विद्यालय पठाउनुपर्ने, बालिकाहरूलाई व्यापार वा हस्तकला सिक्ने मौका दिनुका साथै कोभिडका कारण गरिब परिवारमा परेको आर्थिक असरको समस्या सम्बोधन गर्नसके बालविवाहको सङ्ख्या बढ्ने अनुमान गरिएका तथ्याङ्कलाई पनि पुरानै अवस्थामा फर्काउन सकिने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ ।

jackson ribon