birat ribon

नेपालमा समेत देखिएको डबल म्युटेन्ट भाइरस थप चिन्ताजनक

Neuro
नेपालमा समेत देखिएको डबल म्युटेन्ट भाइरस थप चिन्ताजनक

विराटनगर / नेपालमा पनि ‘डबल म्युटेन्ट’ अर्थात् दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरसको निकै सङ्क्रामक प्रकार भेटिएको पुष्टि भइसकेको छ ।

पाँचवटा नमुना हङ्कङस्थित एक प्रयोगशालामा पठाइएकोमा एउटामा डबल म्युटेन्ट भेरिएन्ट पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जनाएका हुन् । भक्तपुरका एक पुरुषमा डबल म्युटेन्ट भेरिएन्टको भाइरस देखिएको हो ।

cura insider

भाइरसविद्, जनस्वास्थ्यविद् तथा चिकित्सकहरूले नेपालमा सङ्क्रमण दर बढिरहेको बेलामा डबल म्युटेन्टसहित नयाँ प्रकारका कोरोना भाइरस फेला पर्नु चिन्ताको विषय भएको बताएका छन् । अरू दुईवटा भेरिएन्टमा देखिसकेको म्युटेसन एउटै भाइरसमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्युटेन्ट भेरिएन्ट भनिने भाइरसविज्ञ डा. लुना भट्ट शर्मा बताउँछिन् ।

यसले भाइरसलाई फाइदा गरे पनि मानिलाई हानी गर्ने गरेको उनले बताइन् । उनका अनुसार यस भेरिएन्टले एन्टिबडी भनिने प्रतिरोधी प्रणालीलाई छल्ने र शरीरभित्र हुने टी–सेलले समेत नचिन्ने भएकाले यो पहिलेको भन्दा थप खतरनाक छ । साथै, कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिसमा पनि फेरि सङ्क्रमण हुने जोखिम रहन्छ ।

यस भेरिएन्टबाट सङ्क्रमण भएपछि छिट्टै सिकिस्त बनाउन सक्ने हुँदा चिन्ता थप बढेको उनको भनाइ छ । डबल म्युटेन्ट भेरिएन्टको कोरोना भाइरस पहिलो पटक भारतमा पत्ता लागेको थियो । भारतमा डबल म्युटेन्ट, युके भेरिएन्टसहित कोरोना भाइरसका विभिन्न प्रकार फैलिरहँदा त्यहाँ दैनिक सङ्क्रमित हुने र मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार नेपालमा डबल म्युटेन्ट भेरिएन्टबाहेक एक सय ५८ जनामा युके भेरिएन्ट पुष्टि भएको छ । भाइरसको विस्तार नियन्त्रण गर्न परीक्षणको दायरा बढाउनुका साथै कन्ट्याक्ट ट्रेसिङमा पनि जोड दिनुपर्ने हुन्छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड तथा जमघट नगर्ने तथा जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूलाई कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

jackson ribon