birat ribon

नेतृत्व नयाँ, ढर्रा पुरानो नहोस् !

Neuro
नेतृत्व नयाँ, ढर्रा पुरानो नहोस् !

नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हालेसँगै कन्टिर–बाबू गम्भीर बनेका छन् । कन्टिर–बाबू तिनको सफलता र सुखद कार्यकालको निःसर्त कामना गर्छन् ।

प्रत्यक्ष निर्वाचन प्रणाली अङ्गीकार गर्दै यसपटक पहिलो पटक सम्पन्न पत्रकार महासङ्घको निर्वाचनले समाजमा नयाँ प्रकारको हलचल पैदा गरेको कन्टिर–बाबुले अनुभव गरेका छन् । तर के गर्नु ? महासङ्घमा कुनै हलचल भए पो ! सबै पुरानै ढर्रा देखेर कन्टिर–बाबू विस्मित छन् ।

cura insider

त्यसो त नयाँ समितिले काम प्रारम्भ नगरिसकेको अवस्थामा अहिले नै केही टिप्पणी गरिहाल्नु हतारो हुने कन्टिर–बाबूको ठहर छ । तर पनि मनमा लागेको कुरा मौकामा बोल्ने कन्टिर–बाबूको बानी छ । तित्राको मुखै जो बैरी हुन्छ ।

नेता र कर्मचारीको स्वागत लिन पनि तँछाड–मछाड चलेको देखियो । आखिर किन ? यो त पत्रकारको स्वार्य बाझिने क्षेत्र होइन र भन्या ? पत्रकारले यिनकै बारेमा भोलि समाचार लेख्नुपर्दा यही स्वागत सम्मान झलझली सम्झेर हात काँप्ला नि !

निर्वाचनको परिणाम आउनेबित्तिकै शाखादेखि केन्द्रसम्मका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरू कोरोना, लोकलाज, स्वार्य बझान आदि कुनै पनि कुराको ख्याल नगरी स्वागत–सत्कार र सम्मानका नाममा जथाभावी हिँडेको कन्टिर–बाबूलाई पटक्कै मन परेको छैन । कतिपय जिल्लामा त उद्योगी–व्यापारीको सम्मान थापेको पनि देखियो । नेता र कर्मचारीको स्वागत लिन पनि तँछाड–मछाड चलेको देखियो । आखिर किन ? यो त पत्रकारको स्वार्य बाझिने क्षेत्र होइन र भन्या ? पत्रकारले यिनकै बारेमा भोलि समाचार लेख्नुपर्दा यही स्वागत सम्मान झलझली सम्झेर हात काँप्ला नि !

यस्तोमा कन्टिर–बाबूको सल्लाह छ– महासङ्घका सबै तहका पदाधिकारीसामु अनावश्यक र अनपेक्षित स्वागत तथा सम्मान कार्यक्रमहरूमा सहभागी नभई दिएर नयाँ परम्परा कायम गर्ने विशिष्ट अवसर अझै बाँकी छ । यही नसम्झिँदा वा सचेतना नअपनाइँदा हिजोका दिनमा थुप्रै गल्ती भएका थिए । समाजमा राज्यको चौथो अङ्ग भनी सम्मानित बिरादरी र नेतृत्वले पुरानो गल्तीबाट पाठ सिक्ने कि ?

jackson ribon