birat ribon

प्रदेशसभा बैठक : सदस्यलाई अनिवार्य उपस्थित हुन सत्ता पक्षको उर्दी

Neuro
प्रदेशसभा बैठक : सदस्यलाई अनिवार्य उपस्थित हुन सत्ता पक्षको उर्दी

विराटनगर / आइतबार बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा अनविार्य उपस्थितिका लागि सत्ता पक्षले आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको आठौँ बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री शेरधन राईको सम्बोधनपछि बैठक स्थगित गर्ने तयारी गरेको सत्ता पक्षले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

cura insider

‘बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने भन्दै सूचना आएको छ,’ नेकपा एमाले माधव नेपाल पक्षका एक सांसदले भने, ‘किन हो थाहा छैन, सायद बैठक अन्त्यका लागि हुनपर्छ ।’

आइतबार मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोलेपछि अधिवेशन अन्त्य गर्ने तयारी रहेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । मुख्यमन्त्रीले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गरिरहेका छन् ।

सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । मुख्यमन्त्रीको सम्बोधनमा अवरोध गरे प्रक्रिया पूरा गरेर बैठक अन्त्य गरिने प्रवक्ता कार्कीले जानकारी दिए ।

सरकारका प्रवक्ता कार्कीले मुख्यमन्त्रीले सम्बोधन गर्ने तयारी गरेको बताए पनि प्रदेशसभा सचिवालयमा यसको जानकारी पुगेको छैन । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मुख्यमन्त्रीले सम्बोधन गर्ने विषय सञ्चारमाध्ययमबाट जानकारी आएपछि प्रदेशसभामा औपचारिक जानकारी नआएको बताए । अधिवेशन अन्त्यको जानकारी पनि नआएको उनले बताए ।

jackson ribon